थुलुङ दुधकोशीले आगामी वर्षको बजेट क्यालेन्डर निर्माण गर्यो
सोलुखुम्बुः थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट क्यालेण्डर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले उक्त बजेट क्यालेण्डर निर्माण गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
बजेट क्यालेण्डर अनुसार जेठ ३० गते राजस्व परामर्श समितिको बैठक बस्ने छ भने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक १ गते, विषयगत समितिको बैठक असार १ गते र असार २, ३ र ४ गते बस्ती÷टोल स्तरबाट योजना छनौट गर्ने निर्णय गरिएको छ ।यस्तै वडा स्तरीय योजना प्राथमिकिकरण असार ५¸ ६ र ७ गते गरिने र असार ९ गते एकीकृत बजेट नीति तथा कार्यक्रम तर्जुमा अनि सोही दिन कार्यपालिका बैठक बस्ने छ । असार १० गते गाउँसभा हुने गाउँपालिका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।सोही कार्यपालिका बैठकमा आवधिक विकास योजना २००८२÷०८३–०८६÷०८७ को मस्यौदा प्रतिवेदन माथी छलफल समेत गरिएको छ ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

