माप्य दुधकोशीमा अपांगता भएका व्यक्ति र परिवारका लागि सांस्कृतिक हस्तकला तालिम जारी
माप्य दुधकोशी, सोलुखुम्बुः माप्य दुधकोशी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरू तथा तिनका परिवारका सदस्यहरूलाई लक्षित गरी “सांस्कृतिक हस्तकला तालिम कार्यक्रम–२०८२” सञ्चालन भइरहेको छ । करुणा फाउण्डेशन नेपाल र अपांगता महासंघ लामल को समन्वयमा तथा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहकार्यमा यो कार्यक्रम सुरु गरिएको हो । गाउँपालिकाको आयोजनामा भइरहेको यो तालिमले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूमा सीप विकास गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ।
तालिम प्रत्येक दिन माप्य दुधकोशी गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन भइरहेको छ । असार २ गतेदेखि सुरु भएको तालिम असार ७ गतेसम्म सञ्चालन हुने माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राइले जानकारी दिनुभयो राईका अनुसार गाउँपालिकाका सातवटै वडाबाट एक÷एक जना सहभागी गरी जम्मा सात जनालाई तालिम दिइएको छ । तालिममा महाकुलुङ गाउँपालिकाबाट आउनुभएका कल्पना कुलुङले सहजीकरण गरिरहनुभएको छ । हाल तालिममा सहभागीहरू धागोको फुर्का बनाउने सीप सिकिरहेका छन् । कार्यक्रमले समावेशीता र सशक्तिकरणमा टेवा पु¥याउने उद्देश्य लिएको छ ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
2026-10-09-08-52-42.jpeg)

2026-10-04-01-57-40.jpeg)

2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

