थुलुङ दुधकोशीले आगामी आर्थिक वर्षको लागि वडालाई बजेट सिलिङ तोक्यो, कुन वडालाई कति
सोलुखुम्बु – जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउनका लागि वडालाई ६ करोड बढीको सिलिङ दिएको छ ।पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको श्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठले तीन सूचकको आधारमा ६ करोड २ लाख ७१ हजार ४ सय ३७ रुपैयाँ वडागत बजेट सिलिङ दिएको हो ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार वडाको जनसंख्या, क्षेत्रफल र राजस्व संकलनलाई बजेट सिलिङको लागि सूचक मानिएको छ । उक्त सूचक अनुसार वडा नम्बर ९ लोखिमले सबै भन्दा बढी ९१ लाख ३ सय १५ रुपैयाँ प्राप्त गरेको छ भने दोस्रोमा वडा नम्बर १ नेलेले ८२ लाख एक्काइस हजार ६६ रुपैयाँ प्राप्त गरेको छ । यस्तै वडा नम्बर २ काँगेलले ६५ लाख ३४ हजार ७ सय १६ रुपैयाँ, वडा नम्बर ३ पञ्चनले ५३ लाख ७५ हजार ६ सय ८० रुपैयाँ, वडा नम्बर ४ जुबुले ५० लाख ३ सय १५ रुपैयाँ, वडा नम्बर ५ जुबुले ५९ लाख ७ सय १५ रुपैयाँ र वडा नम्बर ६ मुक्लीले ६८ लाख ११ हजार ५ सय १२ रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै वडा नम्बर ७ देउसाले ६२ लाख १५ हजार ८ सय ७२ रुपैयाँ, वडा नम्बर ८ देउसाले ७१ लाख ११ हजार २ सय ४६ रुपैयाँ प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले जानकारी दिनुभयो । अब पालिका भित्रका सबै वडाले आफुले प्राप्त गरेको बजेट सिलिङभित्र रहेर आगामी वर्षको कार्यक्रम बनाउनुपर्ने हुन्छ ।
समितिको बैठकले आगामी वर्ष २०८२÷०८३ मा विभिन्न शिर्षकबाट गाउँपालिकाको श्रोत रु. ६३ करोड ३७ लाख ६० हजार रहने अनुमान गरेको छ । संविधान अनुसार स्थानीय सरकारले असार १० गते बजेट ल्याउनु पर्नेछ । जेठ ३० गतेदेखि असार १० गतेसम्मको लागि थुलुङ दुधकोशी गाउँपालिकाले बजेट क्यालेन्डर निर्माण गरि काम गरिरहेको छ ।निर्धारित समय असार १० गते गाउँसभामा पालिकाको नीति तथा कार्यक्रम पेस हुने प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
2026-10-09-08-52-42.jpeg)

2026-10-04-01-57-40.jpeg)

2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

