सोमबार असार ९, २०८२
२२ औं राष्ट्रिय धान दिवस नेचासल्यानमा भव्य रूपमा मनाइने
सोलुखुम्बु– “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ नेचासल्यन गाउँपालिका र कृषि ज्ञान केन्द्र सोलुखुम्बुको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवस मनाइने भएको छ। धान दिवसको अवसरमा विशेष कार्यक्रम नेचासल्यन गाउँपालिका–४, भण्डार घरमा आगामी असार १५ गते बिहान ७ः३० बजे आयोजना गरिने जानकारी दिइएको छ। कार्यक्रममा धान रोपाइँसँग सम्बन्धित विविध गतिविधिहरू सञ्चालन गरिनेछ।
कृषि शाखा अधिकृत सबिता बाँस्ताेलाका अनुसार, यस कार्यक्रममा कृषि प्रेमी सम्पूर्ण जनसमुदायलाई उपस्थित भई सहभागिता जनाउन अनुरोध गरिएको छ। यसले कृषकहरूमा चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय खाद्य सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
2026-10-09-08-52-42.jpeg)

2026-10-04-01-57-40.jpeg)

2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

