सोलुखुम्बुमा बलात्कारपछि हत्या, ३ जना लाइ जन्मकैदको फैसला
सोलुखुम्बुः सोलुखुम्बुमा बलात्कारपछि हत्या गरेका ३ जना लाइ जिल्ला अदालत सोलुखुम्बुले जन्मकैदको फैसला सुनाएको छ । थुलुङ दुधकोशी गाउँपालिका ७ की कुमारी राईको बलात्कारपछि हत्या गरेको ३ जनालाइ जिल्ला अदालत सोलुखुम्बुले जन्मकैदको सजायसहित क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।
देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको २०८० जेठ ११ गते राति हत्या भएको थियो । घटनापछि अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले चरण राईलाई जेठ १२ गते घरबाटै पक्राउ गरेको थियो। त्यसपछि भागिधन राईलाई जेठ १३ गते र युवराज खत्रीलाई जेठ १४ गते पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार मृतकको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो। अनुसन्धानको क्रममा अभियुक्त युवराज खत्रीले प्रयोग गरेको चप्पल र लुगा घटनास्थलमै छाडेर फरार भएको पाइएको प्रहरीले जनाएको थियो । न्यायशिस चन्द्रकुमार पोखरेलको इजलासले यहि असार २४ गते ३ जनालाइ दोसी ठहर गदै जन्मकैदको फैसला सुनाएको हो । साथै अदालतले मृतकको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति समेत तिर्न आदेश दिएको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार बिकास रजकले जानकारी दिनुभयो । २०८० साल जेठ १५ गते तीनै जनालाई कारागार चलान गरिएको थियो ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
2026-10-09-08-52-42.jpeg)

2026-10-04-01-57-40.jpeg)

2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

