अलैँचीको भाउ प्रतिमन १ लाख रुपैयाँ पुग्यो
सोलुखुम्बुः – अलैँचीको भाउ प्रतिमन अर्थात् ४० किलोको एक लाख रुपैयाँ पुगेको छ । व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । आज जेजे अलैँचीको मूल्य आज एक लाख प्रतिमन कायम भएको हो भने चालू अलैँची ९७ हजार प्रतिमनका दरले खरिदबिक्री भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो ।
अहिले किसानहरूले औलो क्षेत्रको अलैँची बजारमा लगिसकेका छन् । लेकाली क्षेत्रको अलैँची भने भर्खर भट्टी लगाउन शुरु भएको छ । बजार मूल्य उच्च हुने भएकाले अलैंचीलाई ‘खोल्साको सुन’ भनेर चिनिन्छ । अध्यक्ष नेपालका अनुसार ४२ जिल्लामा अलैँची खेती हुने गरेपनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ ।
नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशतमात्र निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । गएको आर्थिक बर्ष काँकरभिट्टा नाका भएर सात अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा अलैँचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

