सोलुखुम्बुका १७ वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न
सोलुखुम्बु : सोलुखुम्बुका १७ वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन अन्तर्गत शनिवारदेखि सुरु भएको देशव्यापी वडा अधिवेशनका क्रममा सोलुखुम्बु जिल्लाका १७ वटा वडामा अधिवेशन भएको हो । नेपाली कांग्रेस सोलुखुम्बुका पार्टी सचिव युवराज घिमिरेका अनुसार महाकुलुङ गाउँपालिकामा रहेका पाँच वडामध्ये वडा नम्बर चार र पाँचमा अधिवेशन भएको छ । त्यसैगरी, ११ वटा वडा रहेको सोलुदुधकुण्ड नगरपालिकाका आठ वटा वडामा अधिवेशन सकिएको छ भने बाँकी चार वडामा आइतबार अधिवेशन हुनेछ ।
पाँच वटा वडा रहेको नेचासल्यान गाउँपालिकाको वडा नम्बर एकमा शनिवार नै अधिवेशन भएको छ । यस्तै, थुलुङ दुधकोसी गाउँपालिकाका वडा नम्बर १, ३, ६, ७ र ८ मा अधिवेशन आज भएको छ भने सात वटा वडा रहेको माप्यदुधकोसी गाउँपालिकामा एक वडाको अधिवेशन सम्पन्न भएको छ । कतिपय वडाहरुमा अधिवेशन जारी रहेको छ ।
जिल्लाका बाँकी रहेका खुम्बु पासाङल्हामु, लिखुपिके र सोताङ गाउँपालिकाका साथै अन्य पालिकाका बाँकी वडाहरूमा आइतबार अधिवेशन हुने सचिव घिमिरेले जानकारी दिनुभयो। केन्द्रीय तालिका अनुसार शनिवार र आइतबार देशभरका वडामा अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको छ । यो वडा अधिवेशनले नयाँ वडा कार्यसमिति गठन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिहरू समेत चयन गर्नेछ । यसरी छानिएका क्षेत्रीय प्रतिनिधिहरूले क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् भने तिनै महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनमा भाग लिएर नेपाली कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्था रहेको छ ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

