सोलुखुम्बुका सांसद उत्तम कुमार बस्नेत राज्यमन्त्रीमा नियुक्त
सोलुखुम्बु : सोलुखुम्बुका प्रदेश सांसद उत्तम कुमार बस्नेत राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सांसद बस्नेतलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँ योङ्ग स्टार क्लबको सस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
सोलु एफ.एमसँग कुराकानी गदै नवनियुक्त राज्यमन्त्री बस्नेतले सोलुखुम्बुको पर्यटनको क्षेत्रमा नागरिकले महसुस गर्ने गरि काम हुने बताउँनुभयो । कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई माथी उकास्नका लागी प्रदेश सरकारको ध्यान केन्द्रित भएकाले सोही अनुसार कार्यक्रम सञ्चालन गर्ने भन्दै नवनियुक्त राज्यमन्त्री बस्नेतले रोजगारी सृर्जना हुने खालका कार्यक्रमले प्राथामिकता पाउने बताउँनुभयो ।
कसले कुन मन्त्रालय पाए ?
यस्तै संखुवासभाका तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री र झापाका हिराकुमार थापा भूमि व्यवस्था तथा योजनामन्त्रीमा नियुक्त हुनुभएको छ । मोरङका ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त मन्त्रीहरूले शपगग्रहण समेत गरिसकेका छन्
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

