सोताङ गाउँपालिकामा अपाङ्गता जाँच पहिचान तथा परिचयपत्र वितरण शिविर सञ्चालन हुँदै
सोलुखुम्बु । सोताङ गाउँपालिकाले अपाङ्गता जाँच पहिचान तथा परिचयपत्र वितरण शिविर सञ्चालन गर्ने भएको छ । कोशी प्रदेश सरकार, करुणा फाउन्डेसन नेपाल र सोताङ गाउँपालिकाको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्गता महासघंको प्राविधिक सहयोगमा यही वैशाख २७ गतेबाट सञ्चालन गर्ने भएको हो ।
पालिकाले अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता जाँच पहिचान तथा परिचय पत्र वितरण शिविर सञ्चालन गर्ने सोताङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रिध्वज राईले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाको ५ वटै वडामा वैशाख ३१ गते भित्र शिविर सम्पन्न गर्ने भएको हो ।
पालिका भित्र विभिन्न प्रकारका अपाङ्गता भएका नेपाली नागरिकहरूको पहिचान गर्न, नेपाल सरकारले २०६३ सालमा जारी गरेको अपाङ्गतासम्बन्धी राष्ट्रिय नीति तथा कार्य योजना एवं अपाङ्गतासम्बन्धी अन्य प्रचलित नीति तथा कार्य योजना र नेपाल सरकारको अद्यावधिक विकास योजनाहरूका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराइनुपर्ने सेवा सुविधाहरू व्यवस्थित रूपमा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गर्ने सोताङ गाउँपालिकाले जनाएको छ ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
2026-10-09-08-52-42.jpeg)

2026-10-04-01-57-40.jpeg)

2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

