सोमबार बैशाख ३१, २०८१
रामेछापबाट उद्धार गरिएका सोताङका दलवीर राईको मृत्यु
सोलुखुम्बु । रामेछापबाट उद्धार गरी सोलुखुम्बु ल्याइएका सोताङका दलवीर राईको मृत्यु भएको छ । सोताङ गाउँपालिका वडा नम्बर ३ का ७५ वर्षीय दलवीर राईको आज सोमबार बिहान मृत्यु भएको वडा नम्बर ५ का वडा अध्यक्ष मानवीर राईले जानकारी दिनुभयो ।
सामान्य बिरामी राईको उपचारको क्रममा घरमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
रामेछाप जिल्लाको उमा कुण्ड गाउँपालिका वडा नम्बर २ बाम्तीभण्डारमा बेवारिसे अवस्थामा रहेका राईलाई सोताङ ५ का वडा अध्यक्ष मानवीर राई र सोलु एफ एमको संयुक्त प्रयासमा पहिचान गरी वैशाख ११ गते उद्धार गरिएको थियो ।
राई संस्कार अनुसार आजै अन्त्येष्टि गरिएको वडा अध्यक्ष राईको भनाई छ ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

