सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा पाँच बर्ष यताकै उच्च राजश्व संकलन
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा ५ वर्ष यताकै उच्च राजश्व सङ्कलन भएको छ । निकुञ्जमा आर्थिक वर्ष २०८०/०८१ मा १५ करोड ४७ लाख ६० हजार ५ सय ६६ रुपैयाँ २० पैसा राजश्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी मनोज कुमार मण्डलले जानकारी गराउनु भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा ९ करोड ५७ लाख ६० हजार ९ सय ९४ रुपैयाँ राजश्व सङ्कलन गरेको निकुञ्जले आर्थिक वर्ष २०७७/०७८ मा १ करोड २१ लाख ५३ हजार ४ रुपैयाँ ३९ पैसा सङ्कलन गरेको थियो ।
निकुञ्जले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा ८ करोड ३६ लाख ७ हजार ९ सय ९० रुपैयाँ ३९ पैसा कम राजश्व सङ्कलन गरेको थियो ।
यसै गरी आर्थिक वर्ष २०७८/०७९ मा ६ करोड २ लाख ३८ हजार ३ सय ३८ रुपैयाँ ६७ पैसा राजश्व सङ्कलन भएको थियो ।
निकुञ्जले आर्थिक वर्ष २०७८/०७९ मा अघिल्लो आर्थिक वर्ष भन्दा ४ करोड ८० लाख ८५ हजार ३ सय ३४ रुपैयाँ २८ पैसा बढी राजश्व सङ्कलन गरेको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा १४ करोड ८१ लाख ३६ हजार ८ सय १ रुपैयाँ २३ पैसा राजश्व सङ्कलन गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका निकुञ्ज संरक्षण अधिकृत समेत रहनु भएक निकुञ्जका सूचना अधिकारी मण्डलले बताउनु भएको छ ।
निकुञ्जमा अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा ८ करोड ७८ लाख ९८ हजार ४ सय ६२ रुपैयाँ ५६ पैसा बढी राजश्व सङ्कलन भएको थियो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा आर्थिक वर्ष २०८०/०८१ मा १५ करोड ४७ लाख ६० हजार ५ सय ६६ रुपैयाँ २० पैसा राजश्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी मण्डलले जानकारी गराउनु भएको छ ।
आर्थिक वर्ष २०७९/०८० को तुलनामा २०८०/०८१ मा ६६ लाख २३ हजार ७ सय ६४ रुपैयाँ ९७ पैसा बढी राजश्व सङ्कलन भएको छ ।
पाँच वर्षको अवधिमा सबै भन्दा कम राजश्व आर्थिक वर्ष २०७७/०७८ मा १ करोड २१ लाख ५३ हजार ४ रुपैयाँ ३९ पैसा सङ्कलन भएको र सबै भन्दा बढी आर्थिक वर्ष २०८०/०८१ मा १५ करोड ४७ लाख ६० हजार ५ सय ६६ रुपैयाँ २० पैसा राजश्व सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

