सोमबार श्रावण २१, २०८१
लिखुपिकेमा पाँच वटा उजुरीको मेलमिलाप
सोलुखुम्बु । लिखुपिके गाउँपालिकाको न्यायिक समितिमा ५ वटा उजुरीहरू छलफलको माध्यमबाट मेलमिलाप गरिएको छ ।
आर्थिक बर्ष २०८०/८१ मा गाउँपालिकाको न्यायिक समितिमा ६ वटा उजुरी परेकोमा ५ वटा उजुरी मेलमिलाप गरिएको गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले जानकारी दिनुभयो ।
गाउँपालिकामा परेका उजुरीहरूमा गाली बेइजति एक वटा, खाना लगाउन नदिएको एक वटा, जग्गा सिमाना विवादको दुई वटा, लेनदेनको एउटा र कुटपिटको उजुरी एक वटा रहेको उपाध्यक्ष शेर्पाले बताउनुभएको छ ।
गाउँपालिकाको न्यायिक समितिमा परेका उजुरी मध्य जग्गा सिमाना विवादको एउटा उजुरी माथि छलफल हुन बाँकी रहेको उपाध्यक्ष शेर्पाले बताउनुभयो ।
न्यायिक क्षेत्र नितान्त कानुनी पाटो रहेको र न्यायिक समितिमा कानुन अध्ययन गरेका व्यत्तिहरु नरहेको कारण न्याय सम्पादनमा कठिनाइ हुने गरेको बताउनु भएको छ ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
2026-10-09-08-52-42.jpeg)

2026-10-04-01-57-40.jpeg)

2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

