दुधकुण्ड मेलामा पुगेका ८० जना भक्तजनहरूको सेनाद्वारा स्वास्थ्य जाँच
सोलुखुम्बु । दुर्गा बक्स गण सुरक्षा गुल्म सोलुखुम्बुले दुधकुण्ड मेलामा पुगेका तिन जना विदेशी नागरिकहरू सहित ८० जना भक्तजनहरूको स्वास्थ्य परीक्षण गरेको छ । जनै पूर्णिमाको अवसरमा दुधकुण्ड जाने भक्तजनलाई लक्षित गरी आयोजना गरेको निःशुल्क प्राथमिक स्वास्थ्य शिविरमा ८० जनाको स्वास्थ्य परीक्षण पछि आवश्यक उपचार गरिएको सेनानी नवराज बस्नेतले जानकारी दिनुभयो ।
.jpg)
धार्मिक तीर्थस्थल दुधकुण्ड उच्च स्थानमा रहेकोले भक्तजनहरूको स्वास्थ्य र यात्रा प्रति मध्य नजर गर्दै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको सेनानी बस्नेतले बताउनुभयो । दुधकुण्डमा सञ्चालन गरेको शिविरमा ४८ जना पुरुष, ३२ जना महिलालाई स्वास्थ्य जाँच पछि सामान्य उपचार गरिएको दुर्गा बक्स गण सुरक्षा गुल्म सोलुखुम्बुले जनाएको छ ।
यसै गरी नेपाली सेनाको टोलीले एक जना वृद्धको उद्धार गरेको छ । दुधकुण्डको दर्शनमा आएका काभ्रे पलान्चोक महादेवस्थान २ का ८३ वर्षीय जगत बहादुर विष्टको सेनाले उद्धार गरेको हो । आफूहरूले विष्टलाई ४३ सय मिटरको उचाइमा लेक लागेको अवस्थामा भेट्टाएको सेनानी बस्नेतले बताउनुभएको छ । बिष्टलाई प्राथमिक उपचार पछि बिष्टको इच्छाअनुसार बोकेर लगेर दुधकुण्डको दर्शन गराइएको उहाँको भनाई छ ।
.jpg)
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

