डाक्टर मिङ्मार शेर्पालाई नेपालमा नै योगदान गर्न प्रधानमन्त्रीको आग्रह
सोलुखुम्बु : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकामा अध्ययनरत डा. मिङ्मार शेर्पालाई मातृभूमिको सेवाका लागि योगदान दिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक विज्ञप्ती जारी गर्दै डाक्टर शेर्पालाई नेपालमा नै सेवा गर्न आग्रह गर्नुभयो ।
हार्वर्ड केनेडी स्कूलमा गत सेप्टेम्बर महिनामा आयोजित ‘नेपालको विद्यमान शासन तथा विकास’ विषयक संवाद कार्यक्रममा भएको भेटलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले डा. मिङ्मार जस्तो प्रतिभाशाली विद्यार्थीको भूमिकाले नेपालका उज्ज्वल दिन निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई साकार पार्न मिङ्मार जस्ता युवा प्रतिभाले सरकारसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीका शेर्पा अमेरिकामा बायो मेडिसिनको अध्ययन गर्दै आइरहनु भएको छ । । उहाँको ज्ञान र क्षमताले नेपालमा अनुसन्धान तथा विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो। 
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

