बुधबार असोज १४, २०८३
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ को सभापतिमा धनजन राई बिजयी
सोलुखुम्बु : सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ को सभापतिमा धनजन राईले जित हासिल गर्नुभएको छ । तीन जना प्रतिष्पर्धीसंग चुनाव लडेका राईले सानदार मतका साथ जित निकाल्नुभएको हो । राईले ३७९ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिस्पर्धी भेष कुमार बास्तोलाले ९४ मत पाउँदा दल बहादुर तामाङले ५३ मत मात्र प्राप्त गर्नुभएको छ ।
अर्थात् धनजन राई र दोस्रो स्थानमा रहेका भेष कुमार बास्तोलाबीचको मतान्तर मात्रै २८५ मत रह्यो। उपसभापतिमा कृष्ण बहादुर कार्की ३७२ मतसहित विजयी भएका छन्। सचिवमा सुवास संगम राईले ४०५ मत ल्याउँदै जित हात पारेका छन्।सह–सचिवमा सुमन श्रेष्ठ २८१ मतसहित विजयी भएका छन्। सदस्यतर्फ नानुमाया बास्तोला ३०८ र जमुना निरौला २७५ मतसहित निर्वाचित भएका छन्।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

