मुक्लीमा भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै
सोलुखुम्बुः थुलुङ दुधकोशी गाउँपालिका–६ स्थित चोङ्कोम युङ्कुली टोल विकास संस्थाको आयोजनामा विजयादशमी तथा दीपावलीको अवसरमा साविक अन्तरवडा स्तरीय पुरुष भलिबल तथा महिला–पुरुष डवल र सिंगल ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगिता कार्तिक १३, १४ र १५ गते विरेन्द्रोदय माध्यमिक विद्यालय मुक्लीको प्रांगणमा सञ्चालन हुने चोङ्कोम युङ्कुली टोल विकास संस्थाका अध्यक्ष चिन्तामणी राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताअन्तर्गत पुरुष भलिबलतर्फ प्रथम हुने टोलीले रु. ३० हजार, द्वितीयले रु. २० हजार र तृतीय हुने टोलीले रु. १० हजार नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
भलिबलतर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरलाई मेडल र प्रमाण प्रदान गरीने आयोजकले जनाएको छ ।त्यस्तै, ब्याडमिन्टन डबलतर्फ महिला तथा पुरुष दुवै विधामा प्रथम पुरस्कार रु. १० हजार, द्वितीय रु. ६ हजार र तृतीय रु. १ हजार ५ सय रहेको छ।
सिंगलतर्फ महिला तथा पुरुष दुवै विधामा प्रथम हुने खेलाडीले रु. ५ हजार, द्वितीयले रु. ३ हजार र तृतीयले रु. १ हजार ५ सय नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
स्थानीयस्तरमा खेलकुदको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै समुदायबीच आपसी सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरीएको संस्थाका अध्यक्ष चिन्तामणी राईको भनाइ छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडी तथा टोलीले आयोजकले तोकेको नियमअनुसार दर्ता तथा सहभागिता जनाउनुपर्नेछ। प्रतियोगिताका अन्य नियम तथा खेल तालिका आयोजकले पछि सार्वजनिक गर्ने जनाइएको छ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो

2026-10-03-07-40-51.jpeg)



