चाडपर्वलाई लक्षित लुक्लामा बजार अनुगमन, ३ लाख बढिको अखाद्य वस्तु जफत
सोलुखुम्बु : पर्यटकीय सिजन र चाडपर्वलाई लक्षित गर्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला बजारमा अनुगमन गरेको छ । वडा नम्बर २ का वडाध्यक्ष आङ फुर्वा शेर्पाको अध्यक्षतामा गरिएको अनुगमनमा गाउँपालिका, वडा कार्यालय, टोल विकास संस्था, खाद्य कार्यालय, नेपाल प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी टोलीले अनुगमनका क्रममा ३ लाख २६ हजार ४ सय ७० रुपैयाँ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्री जफत गरेको हो ।
पर्यटकीय सिजन सुरु भएसँगै लुक्लामा पर्यटक तथा उपभोक्ताको चहलपहल बढ्ने र चाडपर्वका बेला खाद्य तथा उपभोग्य वस्तुको मागसमेत बढ्ने भएकाले बजारमा अखाद्य, म्याद गुज्रिएका र गुणस्तरहीन सामग्रीको बिक्री–वितरण रोक्न अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीका अनुसार अनुगमनका क्रममा उपभोगका लागि अनुपयुक्त तथा म्याद गुज्रिएका सामग्री भेटिएपछि जफत गरिएको हो। उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ । गाउँपालिकाले व्यवसायीलाई म्याद नाघेका, अखाद्य तथा गुणस्तरहीन सामग्री बिक्री नगर्न सचेत गराएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधि नगर्नसमेत व्यवसायीलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
2026-10-05-04-36-54.jpeg)

2026-09-30-07-57-36.jpeg)

2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

