सोलुखुम्बुमा अन्तर विद्यालय ७–ए–साइड फुटबल प्रतियोगिता सुरु, दीर्घसेवा गर्ने शिक्षक–कर्मचारी सम्मानित
सोलुखुम्बु ः माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुल र सोही विद्यालयको पूर्व विद्यार्थी संगठनको संयुक्त आयोजनामा ‘प्रथम माउन्ट एभरेस्ट अलम्नाई कप इन्टर स्कुल सेभेन–ए–साइड फुटबल प्रतियोगिता’ सुरु भएको छ ।
प्रतियोगितामा माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुल, जनजागृति माध्यमिक विद्यालय, ह्वाइट हिल्स इङ्लिस बोर्डिङ स्कुल र सगरमाथा माध्यमिक विद्यालय (च्याल्सा) गरी चार विद्यालय सहभागी छन्। उद्घाटन खेलमा ह्वाइट हिल्स इङ्लिस बोर्डिङ स्कुल र माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेल १–१ गोलको बराबरीमा सकिएको छ । प्रतियोगिताको अवसरमा पूर्व विद्यार्थी संगठनले मातृ विद्यालयको विकासका लागि २ लाख रुपैयाँ आर्थिक सहयोगसमेत हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक दिवस मुखियाले जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयमा लामो समय योगदान पु¥याएका शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ। विद्यालयमा २० वर्षसम्म निरन्तर सेवा गर्नुभएकी शान्ति तामाङसहित भाइस प्रिन्सिपल शुभम क्षेत्री, दिपशिखा राई र पवन राईलाई प्रशंसापत्र तथा नगदसहित सम्मान गरिएको हो।
माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुलका अध्यक्ष बुद्धि नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद बुद्धि कुमार राजभण्डारी प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अभिभावकले विद्यालयमा गरेको लगानी खेर जान नदिन विद्यालयले विभिन्न सिर्जनात्मक गतिविधिलाई अघि बढाइरहेको बताउनुभयो। उहाँले आगामी वर्ष राष्ट्रिय कलाकारको सहभागितामा भव्य कन्सर्ट आयोजना गर्ने तयारी रहेको जानकारी दिँदै पूर्व विद्यार्थी संगठनले मातृ विद्यालयप्रति देखाएको समर्पण र सहयोग प्रशंसनीय रहेको बताउनुभयो।
त्यस्तै, प्रमुख अतिथि प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीले विद्यालयले सबै वर्ग र समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले छोराछोरीको उज्ज्वल भविष्यका लागि अभिभावकले पनि शिक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरले विगतमा पढाइ र किताबी ज्ञानलाई मात्र प्राथमिकता दिइने गरे पनि अहिले बालबालिकाको प्रतिभा र सिर्जनशीलतालाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो। पढाइ मात्र सबै कुरा नभएको भन्दै विद्यार्थीले आफ्नो क्षमता र कलाको पहिचान गर्न सक्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो। प्रतियोगिता असोज २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
2026-10-09-08-52-42.jpeg)
2026-10-04-01-57-40.jpeg)


2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

