थुलुङ दुधकोशी गाउँपालिकाद्धारा बिपद प्रतिकार्य योजना तयार
सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले बिपद प्रतिकार्य योजना तयार गरेको छ । बिभिन्न संघसस्था, बिपदको क्षेत्रमा काम गर्ने परियोजना, प्रहरी, प्रशासन, पत्रकार महासंघ, गैरसरकारी सस्था सरोकारवाला सहितको बैठकले बिपद प्रतिकार्य योजना २०७८ तयार पारेको हो ।
गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर १ को रुकुरा, वडा नम्बर ७ को लुरुवा, वडा नम्बर ८ को किलिम्ती, वडा नम्बर ९ को लिखेप सहित १२ वटा जोखिमयुक्त क्षेत्रको पहिचान गरेको छ । यस्तै गाउँपालिकाले हरेक वडा अध्यक्षलाई बिपद ब्यवस्थापनमा बिभिन्न संघसस्था परियोजनाहरुसँग समन्वय सहकार्य गर्ने जिम्मेवारी प्रदान गरेको छ ।
बाढी पहिरो लगायतको बिपदका लागी आबश्यक सामाग्री त्रिपाल, लत्ताकपडा, साबेल, कोदालो लगायतका सामाग्री खरिद गरि तयारी अबस्थामा राख्ने गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । बिपदका कारण बिस्थापित भएकाहरुलाई प्रत्येक वडाले निमार्ण गरेको क्यारेन्टिन स्थलमा राख्ने निर्णय भएको छ ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

