सोलुखुम्बुको दुधकोशी सामुदायिक अस्पतालद्वारा दन्त तथा एक्सरे सेवा बिस्तार
सोलुखुम्बु : सोलुखुम्बुको दुधकोशी सामुदायिक अस्पतालले दन्त सेवा र एक्सरे सेवा बिस्तार गरेको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीमा रहेको अस्पतालले दन्त तथा एक्सरे सेवा बिस्तार गरेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
उक्त सेवाको आज बिहिबार थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई र उपाध्यक्ष सबिता राईले सयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ । सेवा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष असिम राईले दाँत सम्बन्धी सेवा लिनका लागि अन्य अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउँनुभयो । अहिले परिक्षणकालमा रहेकोले अबको केहि समयमा अत्याधुनिक सेवा प्रदान गर्ने अध्यक्ष राईले बताउँनुभयो ।
५० शैयाको दुधकोशी सामुदायिक अस्पतालको असोज ३ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले उद्धघाटन गर्नुभएको थियो । १० करोड १० लाखको लागतमा गाउँपालिका र स्थानीयहरुको लगानीमा उक्त अस्पताल निर्माण गरिएको हो ।
हाल अस्पतालले ओपिडी सेवा, ल्याब, फार्मेसी सेवा, भेडियो एक्सरे सेवा दिइरहेको अस्पताल प्रमुख इस्मिता बिष्टले जानकारी दिनुभयो । अस्पतालमा २ जना एम.बि.बि.एस. डाक्टर सहित १७ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

