थुलुङ दुधकोशीमा फुर्का, धजुरा र सिलाम साक्मा बुनाइ तालिम सुरु
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकामा सात दिने फुर्का, धजुरा र सिलाम साक्मा बुनाइ तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा उक्त तालिम संचालन गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीका अनुसार उक्त तालिमको गाउँपालिका उपाध्यक्ष सविता राईले शनिबार उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै उपाध्यक्ष सविता राईले तालिममा सिकेको सीपलाई व्यवसायीक रुपमा प्रयोग गरि आय आर्जनमा जुट्न आग्रह गर्नुभयो । स्थानीय उत्पादनलाई जोड दिने गाउँपालिकाको नीति अनुसार भौतिक पुर्वधार निर्माण सङ्गै सामाजिक विकासका कार्यक्रमहरुलाई उत्तिकै महत्त्वका साथ सञ्चालन गरिरहेको भन्दै बढी भन्दा बढी लाभ लिनको लागि उहाँले आग्रह गर्नुभयो ।
यस्तै गाउँपालिका प्रवक्ता भोजराज कार्कीले सीपले हरेक व्यक्तिलाई आत्मनिर्भर बन्न सहयोग गर्ने भन्दै सिकेको सीपलाई व्यवहारमा प्रयोग गरि आय आर्जन वृद्धि गर्न अनुरोध गर्नुभयो । गाउँपालिकाले यस अघिनै अतिथि सत्कारमा प्रयोग हुने खाता प्रतिस्थापन गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयको लागि यो तालिम कोशेढुङ्गा सावित हुने पालिकाले विश्वास लिएको छ । तालिममा पालिका भित्रका ४० जनाको सहभागीता रहेको छ । गाउँपालिका केन्द्रमा संचालित उक्त तालिमको सहजीकरण अरुणादेवी राई, कल्पना राई र गृष्मा राईले गरिरहनुभएको छ ।
ताजा खबर
सबै- आजदेखि बडादशैँ शुरु, घर–घरमा घटस्थापना गरी जमरा राखिँदै
- सोलुखुम्बुका प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण
- सोलुखुम्बुमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
- सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा
- सोलुखुम्बुमा एमालेको पार्टी जागरण अभियान, कुन पालिकामा कहिले?
2026-10-11-08-11-22.jpeg)





2026-10-09-08-52-42.jpeg)
.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)