सोलुखुम्बुमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
सोलुखुम्बुः सोलुखुम्बुमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३ औपचारिक रूपमा सुरु भएको छ। बडादसैँ तथा शुभ दीपावलीको अवसरमा जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुको आयोजनामा शनिबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय खुला पुरुष डबल्सका खेलहरू सञ्चालन भइरहेका छन्। सिनियरतर्फ १७ टोलीको सहभागिता रहेको प्रतियोगितामा विभिन्न स्थानका खेलाडी टोलीहरूबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिता राउन्ड वान, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल चरणसम्म सञ्चालन हुनेछ । सिनियर खेलाडीहरूसँगै जुनियर खेलाडीहरूको समेत सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको कार्यक्रम संयोजकमा सुमन कार्की रहनुभएको छ भने रेफ्रीको जिम्मेवारी अर्जुन श्रेष्ठले सम्हाल्नुभएको छ। प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन खेल विधाअनुसार पुरस्कारको व्यवस्था गरिएको छ।
पुरुष डबल्स ‘ए’ लेभल, ‘बी’ लेभल तथा पुरुष र महिला डबल्स ‘सी’ लेभलका विधामा समान पुरस्कार राशि निर्धारण गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टोलीले नगद तीन हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। तृतीय हुने दुई टोलीले जनही एक हजार पाँच सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिता सोलुखुम्बुको दोर्पुस्थित योङ्गस्टार कर्बड हलमा सञ्चालन भइरहेको छ। आगामी २५ गतेसम्म चल्ने प्रतियोगिताले जिल्लामा ब्याडमिन्टन खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ताजा खबर
सबै- आजदेखि बडादशैँ शुरु, घर–घरमा घटस्थापना गरी जमरा राखिँदै
- सोलुखुम्बुका प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण
- सोलुखुम्बुमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
- सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा
- सोलुखुम्बुमा एमालेको पार्टी जागरण अभियान, कुन पालिकामा कहिले?

2026-10-04-10-29-10.jpeg)
2026-10-03-07-40-51.jpeg)



2026-10-09-08-52-42.jpeg)
.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)