थुलुङ दुधकोशीले गर्यो, अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्झौता
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ । जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण एवं अपाङ्गता भएका मानिसहरूसहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुरूप यो कार्यक्रम सञ्चालनका लागि गाउँपालिका र करुणा फाउण्डेसन संस्थाबीच मंगलबार सम्झौता भएको हो ।
कोशी प्रदेश सरकार, थुलुङ दुधकोशी गाउँपालिका र फाउण्डेसनको संयुक्त लगानीमा हुने यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ । सम्झौता अनुसार २०८० माघ १ गतेबाट ०८३ पुस मसान्तसम्म लागू हुने जनाइएको छ । यस बीचमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य उपचार र सहायक सामाग्री वितरण, समावेशी शिक्षा, जीविकोपार्जन, सामजिकीकरण, सशक्तीकरण जस्ता क्रियाकलापहरु पालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको संस्थाहरुसँगको समन्वयमा सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।
अब पालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई परामर्श तथा सेवा प्रवाहमा सहजीकरण गर्नका लागि मन्त्रालयले जारी गरेको सहजकर्ता छनोट सम्बन्धी मार्गदर्शन, २०७९ अनुसार प्रक्रिया पुरा गरी अपाङ्गता सहायता सहजकर्ता नियुक्ति गर्नेछ । नियुक्त भएका सहजर्तालाई आवश्यक तालिम प्रदान गरेर पालिका भित्र भएका अपाङ्गताहरुको तथ्यांक संलकनदेखि उनिहरुको अवस्था बुझ्ने काम हुनेछ । त्यसपश्चात अपाङ्गता भएका व्यक्तिहरुको अवस्था हेरेर उनीहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा प्रदान गरिनेछ । जीविकोपार्जन, सामजिकीकरण लगायत सुधार गरेर उनिहरुलाई सशक्त बनाइने करुणा फाउण्डेसनका कार्यकारी निर्देशक दिपक राज सापकोटाले बताउनुभयो ।
सापकोटाका अनुसार, ‘अपाङ्गता भएका बच्चा जन्मन नदिनकालागि बच्चा जन्माउन इच्छुक दम्पतीलाई फोलि एसिड खान लगाइनेछ । बच्चा जन्मेपछि २९ दिन भित्र स्वास्थ्य परिक्षण गरिनेछ । १० वर्ष मुनीका सबै बालबालिकाको हरेक वर्ष स्वास्थ्य परिक्षण गरेर उनिहरुको अवस्था अनुसार स्वास्थ्य र पोषणमा आवश्यक काम गरिने छ । आर्थिक वर्ष २०७६÷०७७ बाट कोशी प्रदेशमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको हो । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले निर्देशिका जारी गरेर सुरु भएको यस कार्यक्रम हालसम्म प्रदशेका ९० वटा स्थानीयतहहरुमा सञ्चालन भइसकेको छ । चालू आर्थिक वर्षदेखि प्रदेशका चार जिल्ला खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका ३४ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । कार्यक्रम सम्झौतासँगै आज अभिमुखीकरणसमेत गरिएको छ । अभिमुखीकरणमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो
ताजा खबर
सबै- आजदेखि बडादशैँ शुरु, घर–घरमा घटस्थापना गरी जमरा राखिँदै
- सोलुखुम्बुका प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण
- सोलुखुम्बुमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु
- सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा
- सोलुखुम्बुमा एमालेको पार्टी जागरण अभियान, कुन पालिकामा कहिले?
2026-10-11-08-11-22.jpeg)





2026-10-09-08-52-42.jpeg)
.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)