सोलुदुधकुण्ड नगरपालिका १० फोक्टे डाँडाको बुद्धको मूर्तिको उद्घाटन
सोलुखुम्बु : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० स्थित फोक्टे डाँडामा निर्माण गरिएको बुद्ध पार्कमा भगवान् बुद्धको पवित्र मूर्तिको प्राणप्रतिष्ठासहित उद्घाटन गरिएको छ ।बिहीबार परम श्रद्धेय गुरु खेन्पो साङ्गे राङ्जुङ रिन्पोछेबाट बुद्धको पवित्र मूर्तिको प्राणप्रतिष्ठा तथा उद्घाटन गरिएको हो ।धार्मिक तथा आध्यात्मिक महत्त्व बोकेको बुद्ध पार्कले फोक्टे डाँडाको महत्त्व थप बढाउनुका साथै बौद्ध धर्मावलम्बी तथा श्रद्धालु भक्तजनलाई धार्मिक आस्थासँग जोड्ने अपेक्षा गरिएको छ । समुद्री सतहबाट करिब दुई हजार ९०० मिटरको उचाइमा रहेको फोक्टे डाँडामा निर्माणाधीन बुद्ध पार्क परियोजनाको कुल लागत ६५ लाख रुपैयाँ रहेको छ ।
परियोजनाका लागि सोलुदूधकुण्ड नगरपालिकाबाट १० लाख रुपैयाँ र सेभेन समिट फाउन्डेसनबाट ५५ लाख रुपैयाँ लगानी गरिएको छ । बुद्ध पार्क निर्माणले टाप्टिङ क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्नुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुका ६४५ जना मतदाताको नामावली हटाइयो
- जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले गर्यो साडे ५ लाख राजश्व संकलन
- असोजमा १० हजार पर्यटक सगरमाथा क्षेत्र पुगे, २ करोड बढि राजश्व संकलन
- सोलुखुम्बुबाट ४ दिनमा ३५ सय बढि नागरिक बाहिरिए
- ३ मौसमी प्रणालीको संयुक्त प्रभावको सम्भावना, २९ जिल्ला जोखिममा पर्ने पूर्वानुमान




2026-10-22-05-23-27.jpeg)

