जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले गर्यो साडे ५ लाख राजश्व संकलन
सोलुखुम्बु : जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा १ बर्षमा ५ लाख ५४ हजार ७४० रुपैया राजश्व संकलन भएको छ । कार्यालयमा टिकट बिक्री बाट तिन लाख ९६ हजार ४०० रुपैया राजश्व संकलन भएको छ ।यसै गरि बैदेशिक पार्शल बाट २१ हजार ६५५ र बारकोड आम्दानी बाट १ लाख ३१ ह्जार ९ सय ६० रुपैया राजश्व संकलन भएको जिल्ला हुलाक कार्याल सोलुखुम्बुका खरिदार उर्मिला भट्टराईले बताउनु भएको छ ।
आर्थिक बर्ष २०८१ ÷८२ मा जिल्ला भित्र साधरण चिठि १२ सय ६० वटा रजिष्ट्री चिठि २ हजार ४ सय ९६ वटा ,बिदेश बाट प्राप्त भएको चिठिहरुमा साधरण चिठि १ सय ५५ वटा र रजिष्ट्री चिठि १६० वटा प्राप्त भएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । यसैगरि जिल्ला हुलाक माफ्र्रत अन्य जिल्ला र बिदेशमा साधरण तर्फ ११ सय ५० वटा र रजिष्ट्री चिठि २ हजार ४ सय ७१ वटा र बिदेशको लागि साधरण चिठि ११ वटा र रजिष्ट्री चिठि १५ वटा हुलाक कार्यालय मार्फत गएको तथ्याङकमा उल्लेख छ । आर्थिक बर्ष २०८० ÷ ८१ मा कार्यालयबाट ६ लाख १३ हजार ५६५ रुपैया राजश्व सङकलन भएको थियो भने टिकट बिक्री बाट ३ लाख ९९ हजार ५६० रुपैया राजश्व संकलन भएको थियो ।
ताजा खबर
सबै- सोलुखुम्बुका ६४५ जना मतदाताको नामावली हटाइयो
- जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले गर्यो साडे ५ लाख राजश्व संकलन
- असोजमा १० हजार पर्यटक सगरमाथा क्षेत्र पुगे, २ करोड बढि राजश्व संकलन
- सोलुखुम्बुबाट ४ दिनमा ३५ सय बढि नागरिक बाहिरिए
- ३ मौसमी प्रणालीको संयुक्त प्रभावको सम्भावना, २९ जिल्ला जोखिममा पर्ने पूर्वानुमान





2026-10-22-05-23-27.jpeg)

