स्थापना दिवसमा हुलाक कार्यालय सोलुखुम्बुले गर्यो हजारी जवाफ प्रतियोगिता
सोलुखुम्बु : जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले १५२ औँ विश्व हुलाक दिवसको अवसरमा सोलुखुम्बुको महाकुलुङमा अन्तरमाध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङको प्रमुख आतिथ्यतामा बुङस्थित महाकुलुङ सगरमाथा माध्यमिक विद्यालयमा प्रतियोगिता आयोजना गरिएको हो।
सोताङ र महाकुलुङ गाउँपालिकाका पाँचवटा विद्यालय सहभागी प्रतियोगितामा आयोजक विद्यालय महाकुलुङ सगरमाथा माध्यमिक विद्यालय प्रथम भएको छ । प्रथम स्थान हासिल गरेको विद्यालयले नगद पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी, सोताङ माध्यमिक विद्यालय द्वितीय हुँदै तीन हजार रुपैयाँ र वीरेन्द्र ज्योति माध्यमिक विद्यालय तृतीय हुँदै दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको जिल्ला हुलाक कार्यालयकी निमित्त प्रमुख शोभा नेपालले जानकारी दिनुभयो।
विश्व हुलाक दिवसकै अवसरमा महाकुलुङमा पालिकास्तरीय पिड्स सेवा पनि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । हुलाक सेवालाई डिजिटल तथा प्रविधिमैत्री बनाउने उद्देश्यले सुरु गरिएको पिड्स आन्तरिक ट्र्याकिङ प्रणाली हो। यस प्रणालीमार्फत हुलाकबाट पठाइएका चिठीपत्र, पार्सल तथा दर्ता सामग्री कहाँ पुगेका छन् भन्ने जानकारी डिजिटल माध्यमबाट अनुगमन गर्न सकिन्छ । पिड्स प्रणाली सञ्चालनमा आएसँगै हुलाक सामग्रीको अवस्थाबारे जानकारी लिन सहज हुनुका साथै सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र छिटोछरितो बनाउन सहयोग पुग्ने जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
ताजा खबर
सबै- सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा
- सोलुखुम्बुमा एमालेको पार्टी जागरण अभियान, कुन पालिकामा कहिले?
- सोलुखुम्बुमा ग्यास सिलिण्डरबाट हुने आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रदशन
- स्थापना दिवसमा हुलाक कार्यालय सोलुखुम्बुले गर्यो हजारी जवाफ प्रतियोगिता
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोलुदूधकुण्डका राष्ट्रसेवकले जम्मा गरे ३३ लाख रुपियाँ राहात




2026-10-04-10-29-10.jpeg)

2026-10-09-08-52-42.jpeg)
.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)