सोलुखुम्बुमा ग्यास सिलिण्डरबाट हुने आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रदशन
सोलुखुम्बु : सोलुखुम्बुमा घरेलु एल.पी. ग्यास सिलिण्डरबाट हुन सक्ने सम्भावित दुर्घटना तथा आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रदशन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर हे.क्वा. सोलुखुम्बुको आयोजना विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिम र प्रयोगात्मक अभ्यास सञ्चालन गरिएको हो। कार्यक्रममा सशस्त्र प्रहरीका तालिमप्राप्त सुरक्षाकर्मीहरूले ग्यास सिलिण्डरमा आगलागी हुँदा अपनाउनुपर्ने सुरक्षित तथा वैज्ञानिक विधिहरूको प्रत्यक्ष प्रदर्शन गरेका थिए।
कार्यक्रममा विशेष गरी भान्सामा खाना बनाइरहेका बेला ग्यास सिलिण्डर, रेगुलेटर वा पाइपमा आगो लागेमा नआत्तिईकन घरमै उपलब्ध सामग्री प्रयोग गरेर आगो कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे जानकारी दिइएको थियो। आगो निभाउने क्रममा “अक्सिजन आपूर्ति बन्द गर्ने” अर्थात् स्मदरिङ प्रविधिको प्रयोग प्रभावकारी हुने जानकारी दिइएको थियो।
प्रदर्शनका क्रममा बाक्लो कम्मल, सिरक वा भिट्टेलाई पानीमा भिजाएर बलिरहेको सिलिण्डरलाई चारैतिरबाट छोप्ने विधि देखाइएको थियो। यसरी हावा प्रवेश रोकिँदा आगो आफैं निभ्ने सशस्त्र प्रहरीले जनाएको छ। यस्तै, गम्छा वा सुतीको कपडा भिजाएर पाइप वा चुहावट भएको भाग छोप्दा पनि आगो नियन्त्रण गर्न सकिने अभ्यास गराइएको थियो।
ताजा खबर
सबै- सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा
- सोलुखुम्बुमा एमालेको पार्टी जागरण अभियान, कुन पालिकामा कहिले?
- सोलुखुम्बुमा ग्यास सिलिण्डरबाट हुने आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रदशन
- स्थापना दिवसमा हुलाक कार्यालय सोलुखुम्बुले गर्यो हजारी जवाफ प्रतियोगिता
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोलुदूधकुण्डका राष्ट्रसेवकले जम्मा गरे ३३ लाख रुपियाँ राहात




2026-10-04-10-29-10.jpeg)

2026-10-09-08-52-42.jpeg)
.2026-06-23-11-04-44.2026-10-06-10-49-00.jpeg)